नेप्से झिनो अंकले घट्यो, ३ कम्पनीमा सकरात्मक सर्किट


काठमाडौं । साताको कारोबारको कारोबारको पहिलो दिन सेयरबजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक ३.४४ अंकले घटेर २६२०.३९ अंकमा पुगेको छ । आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ८ ओटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी ५ ओटा उपसमुहको सेयरमूल्य बढेको छ ।
आइतबार नेप्सेमा सानिमा माइ हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ६० करोड ४८ लाख बढिको कारोबार भएको नेप्सेको तथ्यांकमा उल्लेख छ ।
आजको दिन नेप्सेमा नेपाल माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेघाश्री फर्माक्यूलिटिकलका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी ३ ओटै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।
कुल ३२२ कम्पनीको २ करोड १९ लाख ५ हजार ३ सय ११ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २४ करोड ५५ लाख ८३ हजार बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।