काठमाडाैँ । नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईंले नेपाललाई स्टारलिंकसँग जोड्न माग गरेका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा डिजिटलमा फड्को मारेको स्टारलिंक, स्पेस एक्सका प्रतिनिधिसँग आफूले प्रधानमन्त्रीसँग कुराकानी गर्ने वातावरण बनाइसकेको बताउँदै उनीहरु नेपाल आउन चाहिरहेको र स्टारलिंकलाई नेपाल भित्राउन जरुरी रहेको बताएका हुन् ।
“डिजिटलमा फड्को मारेको स्टारलिंकका लागि मैले धेरै ओकालत गरे । स्टारलिंकका प्रतिनिधि, अध्यक्षसँग कुराकानी गरेर २०२४ अक्टोबर १८ मा इलन मस्क र प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवादको वातावरण बनाएँ । स्टारलिंकका बारेमा इलन मस्कसँग कुराकानी गरिसकेपछि हामीले उनीहरुको इच्छालाई अगिंकार गर्न सकेनौं,” उनले भने ।
बजगाईंले इलन मस्कसँग भएको संवाललाई किनारामा पठाउन नहुने बताए । उनीहरूको इच्छा नेपालमा आउने भएकाले त्यसलाई सम्बोधन गर्न जरुरी रहेको उनको भनाइ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्