९ अंकले घट्यो नेप्से, ७ अर्ब रूपैयाँ बढीको कारोबार


काठमाडौँ। साताको कारोबारको कारोबारको दोस्रो दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक ९.६२ अंकले घटेर २६१०.७६ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये १० ओटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी ३ ओटा उपसमुहको सेयरमूल्य बढेको छ ।

सोमबार नेप्सेमा राधी विद्युत् कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ७६ करोड ५ लाख रुपैयाँ बढीको कारोबार भएको नेप्सेको तथ्यांकमा उल्लेख छ ।

आजको दिन नेप्सेमा नेपाल माइक्रो लाइफ इन्स्योरेन्स, ओम मेघाश्री फर्माक्यूलिटिकल र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत र ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

यस्तै, आज हिमालयन पावर पार्टनरका लगानीकर्ताहरुले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३१९ कम्पनीको एक करोड ८४ लाख ३७ हजार ९४२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६३ करोड ४१ लाख ९३ हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।