काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । मंगलबार बिहान अध्यक्ष दाहाल निवास खुमलटारमा भेटवार्ता भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार प्रमुख विपक्षी दलका नेता दाहालसँग भेटेर आगामी बजेटबारे छलफल तथा राय सुझाव लिएका हुन् । सदनमा नीति तथा कार्यक्रममाथि सोमबार छलफलमा भाग लिएका विपक्षी दलका नेतालाई भेटेर अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेटका बारेमा परामर्श गरेका हुन् ।
यो भेटवार्ता विशुद्ध बजेटमाथि केन्द्रित भएको हुँदा अन्य राजनीतिक विषयमा छलफल नभएको खुमलटार स्रोतले जनाएको छ । अर्थमन्त्रि पौडेलले हिजो नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई भेटेर आगामी बजेटको लागि राय सुझाव लिएका थिए ।
‘
प्रतिक्रिया दिनुहोस्