५ हजार ३ सयले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । घरेलु बजारमा सुनको मूल्यमा उछाल आएको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार मंगलबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ५ हजार ३ सय रुपैयाँले बढेको छ । योसँगै आज बजारमा सुन प्रतितोला १ लाख ८९ हजार ९ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सोमबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ८४ हजार स६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य समेत बढेको छ । चाँदी आज ५छ रुपैयाँले बढेर प्रतितोला १ हजार ९६५ रुपैयाँमा कारोबार भईरहेको छ ।