काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजारमा झिनो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक १.०३ अंकले बढेर २६११.४३ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ५ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ८ ओटा कम्पनीको सेयरमूल्य घटेको छ ।
मंगलबार सानिमा माई पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ९२ करोड ८९ लाख ६२ हजार बढिको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा नेपाल माइक्रो फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।
कुल ३१८ कम्पनीको २ करोड ५ लाख ४२ हजार ७ सय ६४ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७४ करोड ७६ लाख ६८ हजार बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्