काठमाडौँ । भारतले पाकिस्तानका विभिन्न ठाउँमा आक्रमण गरेको छ ।
भारतीय मिडियाका अनुसार पाकिस्तानका विभिन्न ठाउँमा हवाइ आक्रमण भएको छ ।
भारतीय मिडियाका अनुसार भारतीय लडाकू विमानले पाकिस्तानको एकसय किलोमिटर भित्रसम्म पुगेर आक्रमण गरेका छन् ।
पाकिस्तानी मिडियाले भने भारतको पाँचवटा लडाकु जेट विमान खसालेको दाबी गरेको छ ।
पाकस्तानकाे जिइओ टेलिभिजनकाे अनलाइन संस्करणका अनुसार पञ्जाव र पाकिस्तान प्रशासित कस्मिर क्षेत्रमा भएकाे भारतीय आक्रमणमा कम्तिमा ८ जनाकाे मृत्यु भएकाे छ भने ३५ जना घाइते भएका छन् ।
पहलगाममा २६ जना पर्यटकको ज्यान जाने गरी भएको आक्रमणमा पाकिस्तानको हात रहेको भारतले आरोप लगाउँदै आएको थियो । भारतले अपरेसन सिन्दुर नाम दिएर पाकिस्तानका विभिन्न क्षेत्रमा हवाइ आक्रमण गरेको हो ।
भारतले पाकिस्तान प्रशासित कस्मिर क्षेत्रमा रहेका आतङ्कवादी लुेकेका क्षेत्रमा आक्रमण गरेको दाबी गरेको छ ।
सिमा क्षेत्रमा समेत गोलाबारी भएको छ ।
प्रतिक्रिया दिनुहोस्