काठमाडौँ । भारतले बुधबार बिहानै पाकिस्तानका विभिन्न ठाउँमा हवाइ आक्रमण गर्यो ।
भारतले पाकिस्तान प्रशासित कस्मीरका आतङ्कवादी लुकेका ठाउँमा आक्रमण गरिएको जनाएको छ ।
पाकिस्तानले भने पाकिस्तान प्रशासितका साथै पञ्जाव क्षेत्रमा भएको अक्रमणमा सर्वसाधारण मारिएको र कैयौँ घाइते भएको दाबी गरेको छ ।
पहगाम आक्रमणपछि बढेको तनावकाबिच भारतले पाकिस्तान भूमिभित्र आक्रमण गरेको छ । भारतले यसलाई ‘अपरेसन सिन्दुर’ नाम दिएको छ ।
पहलगाम आक्रमणपछि दुइदेशबिच सिमा क्षेत्रमा गोली हानाहान भएपनि भारतले कम्तिमा ९ क्षेत्रमा हवाई आक्रमण गरेको छ ।
भारतले यसलाई पाकिस्तानमाथिको आक्रमण नभनेर पाकिस्तान र पाकिस्तानले कब्जा गरेको कस्मीर क्षेत्रभित्र रहेका आतङ्कवादी अड्डाहरूलाई ध्वस्त पार्ने आक्रमणको रुपमा व्याख्या गरेको छ ।
आक्रमणमा भारतका स्थल सेना, नौसेना र वायुसेनाको संयुक्त आक्रमण भएको भारतीय सञ्चारमाध्याम टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।
भारतीय रक्षा मन्त्रालयका अनुसार यो आक्रमण पाकिस्तानी सेनालाई रोक्ने,आतङ्कवादी ठेगानाहरूलाई निश्चित गरेर आक्रमण गर्ने रणनीति लिइएको थियो ।
भारतीय रक्षा मन्त्रालयले बिहान १ बजेर ४४ मिनेटमा जारी गरिएको विज्ञप्तिलाई ‘ केन्द्रित, मापना गरिएको र गैर विस्तारित प्रकृतिको’ रुपमा व्याख्या गरिएको छ ।
आक्रमणको निशानामा जैस–ए–मोहम्मदको बहावलपुरमा रहेको मुख्यालय र मुरिदकेमा रहेको लस्कर–ए–तोयबाको आधार शिविर थिए ।
प्रतिक्रिया दिनुहोस्