भारतले तीनओटै सेनाको संयोजनमा गरेको थियो पाकिस्तानमा ‘एयर स्ट्राइक’,क्षति विवरण आउन सुरु


काठमाडौँ । गएराति भारतले पाकिस्तानमा ‘एयर स्ट्राइक’ गरेपछि दुइदेशबिचको तनाव नयाँ चरणमा प्रवेश गरेको छ ।
भारतले पाकिस्तानमा आतङ्कवादी बसेको ठाउँलाई निशाना बनाएको दाबी गरेकाे छ ।

पाकिस्तानले भने भारतीय आक्रमणको कडा जवाफ दिने बताएको छ ।

दुइदेशबिच तनाब बढिरहँदा आक्रमणको क्षतिहरू सार्वजनिक हुने क्रम सुरु भएको छ ।

अहिलेसम्म पाकिस्तानी सेनालाइ उदृढ गर्दै पाकिस्तानी टेलिभिजनको जिइओ टिभीको अनलाइन संस्करणले कम्तिमा ८ पाकिस्तानी सर्वसाधारण मारिएको र ३५ जना घाइते भएको जनाएको छ ।

आक्रमणका क्रममा पाँच भारतीय लडाकु बिमान खसालिएको तथा जवाफी कारबाहीमा भारतीय सेनाको बिग्रेड मुख्यालय ध्वस्त भएको दाबी गरेको छ ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार पाकिस्तानको जवाफी कारबाहीमा ३ भारतीय नागरिकको ज्यान गएको छ ।

पहगाम आक्रमणपछि बढेको तनावकाबिच भारतले पाकिस्तान भूमिभित्र आक्रमण गरेको छ । भारतले यसलाई ‘अपरेसन सिन्दुर’ नाम दिएको छ ।

भारत नियन्त्रिण कास्मीरको पहलगाममा एक नेपालीसहित २६ जनाको ज्यान जानेगरी भएको आतङ्ककारी आक्रमणपछि दुइदेशबिच तनाव बढ्दै गएको थियो ।

सिमा क्षेत्रमा गोली हानाहान भए पनि भारतले गएराति कम्तिमा ९ क्षेत्रमा हवाई आक्रमण गरेको छ ।

भारतले यसलाई पाकिस्तानमाथिको आक्रमण नभनेर पाकिस्तान र पाकिस्तानले कब्जा गरेको कस्मीर क्षेत्रभित्र रहेका आतङ्कवादी अड्डाहरूलाई ध्वस्त पार्ने आक्रमणको रुपमा व्याख्या गरेको छ ।

आक्रमणमा भारतका स्थल सेना, नौसेना र वायुसेनाको संयुक्त आक्रमण भएको भारतीय सञ्चारमाध्याम टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

भारतीय रक्षा मन्त्रालयका अनुसार यो आक्रमण पाकिस्तानी सेनालाई रोक्ने,आतङ्कवादी ठेगानाहरूलाई निश्चित गरेर आक्रमण गर्ने रणनीति लिइएको थियो ।