काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार ३५ अर्ब रूपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट २१ दिनको लागि ३५ अर्ब रूपैयाँ निक्षेप संकलन गर्ने भएको हो ।
राष्ट्र बैंकले यसको साँवा ब्याज २०८२ जेठ १४ गते भुक्तानी गर्ने जनाएको छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्