काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले कुशासनको एउटा जिउँदो नमूना सिंहदरबारको गेटमा देखिने गरेको बताएका छन् ।
बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मुलुकमा अनियमितता, बेथिति र कुशासन व्याप्त रहेको बताउँदै उनले एउटा जिउँदो नमूना सिंहदरबारको गेटमा देखिने गरेको बताएका हुन् ।
उनले मन्त्री, सांसद र कर्मचारी प्रवेश गर्ने सिंहदरबारको दक्षिण गेटमा जनताको भीड र लाइनतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले मन्त्रालयहरू सिंहदरबारभित्र थुपारेर चारतर्फबाट पर्खाल र फलामे गेटले घेरेर जेलजस्तै बनाउने र जनतालाई प्रवेश निषेध गर्ने कार्य स्वीकार्य नहुने चेतावनी दिए ।
उनले गेट पासको लागि नागरिकहरू चर्को घाममा पसिना चुहाउँदै तड्पिनुपर्ने अवस्थाको अन्त्य गर्न माग गरे ।
उनले प्रधानमन्त्री र मन्त्रीको सम्पती गोप्य राखेर सरकारले कस्तो पारदर्शिता पढाउन खोजेको हो ? भन्ने प्रश्न गर्दै तुरुन्त सम्पती विवरण सार्वजनिक गर्न माग गरे ।
प्रतिक्रिया दिनुहोस्