नेप्सेमा ६२ अंकको उछाल, कारोबार १० अर्ब माथि


काठमाडौं । साताको कारोबारको पहिलो चौथो दिन सेयरबजारमा उछाल आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ६२.२५ अंकले बढेर २६७३. ६९ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका सबै उपसमुहको सेयरमूल्य बढेको छ ।

बुधबार नेप्सेमा सानिमा माइ हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५९ करोड २० लाख बढिको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा दुई माइक्रो इन्स्योसेन्सका लगानीकर्ताले सबै भन्दा धेरै कमाएका छन् । यी दुवै कम्पनीको सेयरममूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

कुल ३०८ कम्पनीको २ करोड ७२ लाख ४५ हजार ४ सय ५९ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ५१ करोड ८४ लाख ६ हजार बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।