तीनकुनेमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते


काठमाडौं । काठमाडौंको कोटेश्वरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने तीन जना घाइते भएका छन् ।

कोटेश्वर–तीनकुने खण्डको मुनिभैरव मन्दिर नजिक भएको सवारी दुर्घटनामा मोटरसाइकलमा सवार ललितपुर धोबीघाट बस्ने २३ वर्षीय नगिना तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, मोटरसाइकल चालक २७ वर्षीय पदम थापामगर, भ्यानका चालक शान्तिनगरका रत्न सार्की र बसकी यात्रु काँडाघारीकी २० वर्षीया मेनुका बुढाथोकी घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार सडकमा रातो बत्ती बलेको बेला रोकिएको भ्यान र मोटरसाइकललाई पछाडिबाट बसले ठक्कर दिंदा दुर्घटना भएको थियो ।