लक्ष्मी सनराइज बैंकको ३१.८० लाख कित्ता संस्थापक सेयर बिक्रीमा


काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडलेको ३१ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ ।

बैंकले शुक्रबार एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको बैंकको ३१ लाख ८० हजार ३९४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
ेयर खरिदको लागि विद्यमान सेयरधनीहरुको लागि बिक्री खुला गरेको बैंकले जनाएको छ । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र सो सम्बन्धी विवरण खुलाई हात्तिसारमा रहेको बैंकको मुख्य कार्यालयमा आवेदन दिनु पर्नेछ ।

तोकिएको समयावधिभित्र विद्यमान संस्थापकहरुबाट सेयर खरिद गर्ने सम्बन्धमा कुनै लिखित जानकारी प्राप्त नभएमा प्रचलित कानूनबमोजिम उक्त सेयर सर्वसाधारण व्यक्ति तथा कम्पनीलाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।