भारतीय दुतावास अगाडि मानव अधिकार तथा शान्ति समाजकाे प्रदर्शन (फाेटाे फिचर)


काठमाडाैँ । मानव अधिकार तथा शान्ति समाजले आतंकवादबिरुद्ध प्रदर्शन गरेको छ । शुक्रवार काठमाडौँस्थित भारतीय दुतावास अगाडि प्रदर्शन गरिएको हो ।

उनीहरूले शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्, पराजित केबल मानवता हुने गर्दछ, आतंकवाद सदैव निन्दनीय छ र सिन्धु जल सम्झौता निलम्वन गर्नु कति मानवीय छ ? भारत संसारको सबैभन्दा ठूलो लोकतन्त्र, नेपालको लोकतन्त्रबिरुद्ध पनि कतैबाट षड्यन्त्र नहोस्, भारत र नेपालबीच नागरिस्तरको प्रगाढ सम्बन्ध गर्वको विषय हो, अतिवाद र आतंकवादबाट पीडित पाकिस्तान स्वयंले आतंकवादलाई अंगालो किन हालेको ? अतिवाद र आतंकवाद मानवताका शत्रु हुन्, आतंकवाद सदैव निन्दनीय छ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

पाकिस्तानले बिहीवार राती भारतको जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य स्टेसनहरूमा आक्रमण गरेको छ ।

भारतीय रक्षा मन्त्रालयका अनुसार पाकिस्तानले जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य स्टेसनहरूमा ड्रोन र मिसाइल आक्रमण गरेको हो । आक्रमणलाई निष्क्रिय बनाइएको भारतले दाबी गरेको छ ।

न्युज एजेन्सी नेपाल