काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार ३० अर्ब रूपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट २१ दिनको लागि ३० अर्ब रूपैयाँ निक्षेप संकलन गर्न लागेको हो ।
राष्ट्र बैंकले साँवाब्याज २०८२ जेठ १८ गते भुक्तानी गर्ने उल्लेख गरेको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्