काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बढाउन नसकिने स्पष्ट पार्दै उपचारात्मक सेवामा मात्र जनशक्ति वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।
भक्तपुर क्यान्सर अस्पतालमा पेडियाट्रिक अन्कोलोजी वार्ड तथा पिआइसियु कक्षको उद्घाटन गर्दै मन्त्री पौडेलले प्रशासनका कोठाहरूलाई पनि उपचार कक्षका रूपमा प्रयोग गर्नुपर्ने बताएका हुन् । उनले भने,”बरु प्रशासनलाई साँघुरो बनाउने, प्रशासनका कोठाहरू उपचारका निम्ति प्रयोग गर्ने। डाक्टर चाहिएको छ, प्रशासक ल्याएर त हुँदैन।”
उनले १४ वर्ष मुनिका क्यान्सर पीडित बालबालिकाको उपचार निःशुल्क गरिएको उल्लेख गर्दै हाल करिब ८० प्रतिशत औषधि पनि निःशुल्करूपमा प्रदान भइरहेको जानकारी दिए ।उनका अनुसार स्टोकजस्ता महँगा औषधिहरू तीनवटा अस्पतालमा निःशुल्क उपलब्ध छन् भने हेमोफिलिया रोगको औषधि पनि अस्पतालहरूमा ल्याएर निःशुल्क वितरण भइरहेको छ।
भौतिक पूर्वाधार विस्तारको लागि जग्गाको समस्या रहेको भन्दै मन्त्री पौडेलले स्थानीय तह र सम्बन्धित निकायहरूले सहकार्य नगर्दा बहुवर्षीय आयोजना अघि बढाउन कठिन भइरहेको उल्लेख गरे। “हामीले मात्रै चाहेर हुँदैन, नगरपालिकाले पास गरेर दिनुपर्छ, सीडीओले भूमिसुधार कार्यालयबाट छिटो फाइल पठाउनुपर्छ,” उनले भने ।
प्रतिक्रिया दिनुहोस्