काठमाडाैँ । आम जनता पार्टीका सांसद प्रभु साहले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भ्रष्टाचारी र लुटतन्त्रलाई समर्थन गर्नेगरी आएको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभाको आईतवारको बैठकमा सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद शाहले नीति र कार्यक्रम हेर्दा डाइबिटिजका बिरामीलाई मिठाई खुवाएको जस्तो अनुभव भएको टिप्पणाी गरेका हुन्।
उनले विदेशमा नेपाली नागरिकले कमाएको पैसा भ्रष्टाचारीहरूको फाइदामा प्रयोग भइरहेको समेत आरोप लगाए । उनले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा थुपारको सम्पती फिर्ता गर्नेगरी नीति तथा कार्यक्रम आउनुपर्नेमा ठिक उल्टो आएको आरोप समेत लगाए ।
“प्रस्तुत नीति तथा कार्यक्रमको बारेमा एक शब्दमा भन्नुपर्दा डाइबिटिजको बिरामीलाई मिठाई खुवाएजस्तै मैले अनुभुत गरेको छु । राज्यको उच्च ओहोदामा बस्नेहरुले खुलआम लुट्ने र भ्रष्टाचारको पैसा विदेशमा थुपार्ने यो अहिलेको मुल प्रवृत्ति भएको छ । लुट र भ्रष्टाचारको पैसाहरु रोक्छौं र फिर्ता ल्याउँछौं भन्ने प्रतिबद्धतासहित नीति तथा कार्यक्रम आउनुपथ्र्यो । तर दुर्भाग्य उल्टो आयो,” उनले भने ।
उनले वैदेशिक रोजगारमा रहेका युवाहरूले आर्जन गरेको सम्पती समेत सदुपयोग हुने अवस्था निम्तिने गरी नीति तथा कार्यक्रम ल्याइएको भन्दै विरोध जनाए ।
प्रतिक्रिया दिनुहोस्