काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक एवं निजी संस्थामा नेपालमा उत्पादित सफ्टवेयरहरूको प्रयोग गर्न प्रोत्साहित गर्नुपर्नेमा जोड दिएको छ ।
महासंघले प्रिबजेट छलफलका क्रममा अर्थमन्त्री विष्णु पौडेललाई सार्वजनिक एवं निजी संस्थामा नेपालमा उत्पादित सफ्टवेयरहरूको प्रयोग गर्न प्रोत्साहित गर्नेगरी बजेट ल्याउन सुझाव दिएको हो ।
महासंघले निजी क्षेत्रलाई आइसिटी मल स्थापना गर्न प्रोत्साहित गर्नु आवश्यक रहेको जोड दिएको हो ।
सुझावमा भनिएको छ,“ यो आइसीटि पार्क जस्तै हो । जहा कम्पनीहरू गएर आफ्नो कार्यालय स्थापना गर्नसक्छन् । सहरी क्षेत्रमा निजी क्षेत्रले यस्ता मल स्थापना गरि सूचना प्रविधि उद्यमलाई पुर्वाधार लगायतका सुविधा दिनेछन् ।”
महासंघले पहाडि क्षेत्रमा स्थापना हुने सूचना प्रविधि सम्वद्ध उद्योग डाटा सेन्टरलाई जग्गा, बिजुली र बाटोको सुविधा प्रदान गर्नु आवश्यक रहेको सुझाव दिएको छ ।
प्रतिक्रिया दिनुहोस्