काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले तत्कालका लागि प्राङ्गारिक पहाड कार्यक्रम अन्तरगत प्राङ्गारिक नगदे बाली उत्पादन प्रवर्धन कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको छ ।
महासंघले ‘खेतदेखि खाडि’सम्म कार्यक्रम अन्तर्गत नेपाली कृषि उत्पादन र पानी खाडी मुलुकमा विस्तार गर्नुपर्नेमा जोड दिएको छ ।
नेपालबाट दैनिक करिब १२ भन्दा बढी उडानहरू मध्यपूर्व जाने गरेको भन्दै महासंघले यी जहाजमार्फत कृषि उत्पादन निर्यात गर्न एयरपोर्टमा कोल्डस्टोरेज, एक्स रे मेसिन र वेयर हाउस सुविधा उपलब्ध गराउनुपर्ने सुझाव समेत दिएको छ ।
हिमालयको पानीको खाडी मुलुकमा अत्यधिक माग रहेको समेत महासंघले जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस्