काठमाडौँ । प्रिन्टिङ्ग मेसिनमा समस्या आएको भन्दै यातायात व्यवस्था विभागले अत्यावश्यक चालक अनुमतिपत्र छपाई समेत राकेको छ ।
अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली, शान्ति सेना मिसनका लागि विदेश जाने नेपाली सेना एवम् नेपाल प्रहरी र गैरआवासीय नेपाली नागरिकहरूका लागि अत्यावश्यक सवारी चालक अनुमतिपत्रका रूपमा छपाई कार्य हुँदै आएको थियो ।
२५ गतेदेखि विभागको प्रिन्टिङ्ग प्रणालीमा समस्या देखिएको भन्दै चालक अनुमतिपत्र रोकिएको हो ।
विभागले समस्या समाधानका लागि काम भइरहेको भन्दै अर्को सूचना प्रकाशन नहुँदासम्म छपाई कार्य बन्द भएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्