नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग परिसंघद्वारा लगानी दशक घोषणा गर्न सरकारलाई सुझाव


काठमाडौँ । निजी क्षेत्रका दुई ठुला सङ्गठनले आगामी दश वर्षका लागि लगानी वर्ष घोषणा गर्न माग गरेका छन् ।

नेपाल उद्योण वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले अर्थतन्त्रलाई चलायमान बनाउन व्यापक मात्रामा लगानी आवश्यक रहेको भन्दै दुबै सङ्गठनले लगानी वर्ष घोषणा गर्न माग गरेका हुन् ।

आर्थिक वर्ष २०८२/०८३ का को बजेका लागि सुझाव दिँदै निजी क्षेत्रका दुई सङ्गठनले लगानी वर्ष घोषणाको सुझाव दिएका हुन् ।

आजमात्रै प्रिबजेट छलफलसहित अर्थमन्त्रीलाई सुझाव दिएको नेपाल उद्योग वाणिज्य महासंघले लगानी वर्ष घोषणाको माग गरेको छ ।

महासंघले संभावना भएर पनि विविध कारणले लगानी हुन नसक्नुमा निजी क्षेत्रको मनोबल घट्नु रहेको निष्कर्ष निकालेको छ ।

महासंघले भनेको छ,“कुल गार्हस्थ्य उत्पादनको शुन्य दशमलब २ प्रतिशतमात्रै वैदेशिक लगानी आएको छ । यस्तो अवस्थामा सबै क्षेत्रलाई समेट्ने गरी आँउदो बजेटमा २०८२–९२ लाई लगानी दशक घोषणा गरि स्थायित्वमा विशेष ध्यान दिनु पर्छ । ”

केही दिन अघि मात्रै बजेटका लागि अर्थमन्त्री समक्ष सुझाव पेश गरेको नेपाल उद्योग परिसंघ(सिएनआई)ले पनि लगानी दशक घोषणा माग गरेको छ ।

परिसंघले भनेको लगानी(विदेशी वा स्वदेशी) आकर्षण गर्न उत्पादनमूलक उद्योगहरूको नाफामा लाग्ने आयकरको दर क्रमश कम गर्दै १० प्रतिशत कायम गर्ने सुझाव दिएको छ ।

परिसंघले लगानी प्राथमिकताका क्षेत्रहरूमा नयाँ उद्योग तथा औद्योगिक क्षेत्र, डिजिटल अर्थतन्त्र तथा सूचना प्रविधि, कनेक्टिभिटी, वित्तीय नविनता, पर्यटन, सहरी तथा औद्योगिक पूर्वाधार, कृषि तथा जडिबुटी, शिक्षा तथा स्वास्थ्यलाई अगाडि सारेको छ ।