बजेटका सिद्धान्त र प्राथमिकता संघीय संसदमा पेश (पूर्ण पाठसहित)


काठमाडौँ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/०८३ का लागि बजेटका सिद्धान्त र प्राथमिकता पेश गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रम दुबै सदनबाट पारित भएलगत्तै अर्थमन्त्री पौडेलले संघीय संसदमा बजेटका प्राथमिकता र सिद्धान्त पेश गरेका हुन् ।

अर्थमन्त्री पौडेलले सार्वजनिक वित्तका क्षेत्रमा विगतदेखि झाङ्गिदै आएका विकृति तथा विसङ्गतिको अन्त्य गर्दै पूर्व तयारी र लगानी ढाँचा तय भएका आयोजनामा पुँजीगत विनियोजन केन्द्रित गरिने उल्लेख गरेका छन् ।

राष्ट्रिय प्राथमिकताका उच्च प्रतिफल हासिल हुने आयोजनामा सार्वजनिक ऋणको उपयोग र दिगोपना सुनिश्चित गरिनेछ सिद्धान्त र प्राथमिकतामा उल्लेख छ ।

सार्वजनिक वित्त सन्तुलन कायम गर्न राजस्व परिचालनलाई प्रभावकारी बनाइने बजेटको सिद्धान्त र प्राथमिकतामा भनिएकाे छ ।

सिद्धान्त र प्राथमिकताकाे पूर्ण पाठ :