काठमाडाैँ । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रको समस्या बजेट विनियोजन र कार्यान्वयन भएको बताएका छन् ।
आइतवार प्रतिनिधिसभाको बैठकपछि संसद् परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले मुलुकको समस्या भनेकै बजेट विनियोजन ठिक ढङ्गले नहुनुभएको बताएका हुन् ।
उनले बजेटले प्राथमिकताको आधारमा बजेट विनियोजन गर्ने कुरामा बजेटले प्राथमिकताको आधारमा बजेट विनियोजन गर्ने विषय अर्थमन्त्रीको दृढताले निर्धारण गर्ने बताए ।
उनले खर्च गर्नुपर्ने ठाउँमा खर्च नभएको, खर्च गर्न नपर्ने ठाउँमा बढी खर्च भएको र थोरै थोरै रकम छरिएको जिकिर गरे । उनले अध्ययन भएका आयोजनाहरूलाई मात्रै केन्द्रित गरेर बजेट विनियोजन गर्ने सरकारले प्रतिबद्धता जनाएको समेत धारणा राखे ।
नेपाली काँग्रेसका प्रवक्ता समेत रहेका उनले सीमित स्रोत र साधनको दुरुपयोग नहुने, प्रभावकारी कार्यान्वयन हुने र सुनिश्चित गर्ने अवस्था सिर्जना गर्नको लागि अर्थमन्त्रीले गृहकार्य गर्नुपर्ने बताए । उनले सरकारले प्रश्तुत गरेको र दुवै सदनबाट पास भएको नीति तथा कार्यक्रम सकारात्मक रहेको उल्लेख गरे
प्रतिक्रिया दिनुहोस्