सोमबार सुनको मूल्य तोलामा ३ हजार ७०० रूपैयाँले घट्यो


काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ७०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ९० हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य सोमबार ३ हजार ७०० रूपैयाँले घटेर एक लाख ८६ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले घटेर एक हजार ९६० रूपैयाँ कायम भएको छ ।