खुल्यो बीपी राजमार्ग, दुइतर्फी सवारी सञ्चालन


काठमाडौं । अविरल वर्षाका कारण हिजो रातिदेखि अवरुद्ध भएको बीपी राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको छ । आज दिउँसो १ बजेबाट अवरोध हटाएर सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

सोमबार बेलुका रोशी गाउँपालिको माम्तीमा रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको थियो।

बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मङ्गलटारतर्फको सडक बगाएको प्रहरीले जनाएको छ ।