काठमाडौँ । पाकिस्तानले भारतीय आक्रमणमा आफ्ना ११ जना सुरक्षा अधिकारीसहित ५१ जनाको मृत्यु भएको जनाएको छ ।
पाकिस्तानी सेनाको इन्टर–सर्भिसेज पब्लिक रिलेसन्सले(आइएसपीआर)ले भारतसँग भएको द्वन्द्वमा ११ जना सुरक्षाकर्मी र ४० जना सर्वसाधारण गरी ५१ जनाको मृत्यु भएको जानकारी गराएको हो ।
आक्रमणमा मृत्यु हुनेमा ७ महिला र १५ बालबालिका रहेका छन् ।
यस्तै १० महिला र २७ बालबालिका सहित १२१ जना घाइते भएको आइएसपिआरको विज्ञप्तिमा उल्लेख छ ।
पहलगाममा भएको आतङ्ककारी आक्रमणपछि भारतले पाकिस्तानमाथि हवाई आक्रमण गरेको थियो । ‘अपेरसन सिन्दूर’ नाम दिएर हवाई आक्रमण गरे पछि पाकिस्तानले प्रत्याक्रमण गरेको थियो ।
आक्रमणपछि दुई परमाणु शक्ति राष्ट्र भारत र पाकिस्तानबिच झण्डै ८७ घण्टा भएको सैन्य द्वन्द्व मे १० मा युद्धविराममा परिणत भएको थियो ।
अहिले दुबै मुलुक वार्ताको चरणमा छन् । भारतले भने आक्रमणका क्रममा सैयौँ आतङ्ककारी मारिएको दाबी गरिएको छ ।
दुबै देशले सैन्यकारबाहीमा भएको क्षतिबारे विस्तृत जानकारी सार्वजनिक गरिसकेका छैनन् ।
यद्यपी पाकिस्तानी सेनाले पछिल्लो समय आक्रमणका क्रममा मृत्यु भएका आफ्ना सुरक्षाकर्मी र नागरिकबारे सङ्ख्या खुलाएको हो ।
प्रतिक्रिया दिनुहोस्