काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले प्रगतिको प्रस्थान बिन्दु नै आशाको सञ्चार भएको बताएका छन् ।
मंगलबार नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित प्रज्ञा पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले पछिल्लो समय निराशाका सन्देशहरूलाई बढी प्राथमिकता दिइएको उल्लेख गर्दै त्यसले देशको विकासमा अवरोध पुर्याउने बताएका हुन् ।
उनले देश हाल कुनै पनि प्रकारको द्वन्द्वमा नरहेको तथा सबै मित्र राष्ट्रसँग सु-सम्बन्ध कायम रहेकाले देखिएका समस्या समाधान हुँदै गएकाे उल्लेख गर्दै देश विकासको गतिमा तीव्रता लिने चरणमा प्रवेश गरिएकाे बताए ।
मन्त्री पाण्डेले साहित्यकारहरूले समाजलाई अग्रगमनतर्फ डोर्याउने महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै समाजको प्रवृत्ति सुधारमा उनीहरूको योगदान अपरिहार्य रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्