भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ प्रतिनिधि सभामा प्रस्तुत


काठमाडाैँ । भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ प्रतिनिधि सभामा प्रस्तुत भएको छ । 

बुधवार प्रतिनिधि सभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले विधेयक प्रस्तुत गरेका हुन् । त्यसअघि सांसद प्रेम सुवालले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि बिरोधको सूचना दिएका थिए ।

सांसद सुवालको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले हाउजिङ कति जग्गामा सञ्चालन गर्न पाउँछ भन्नेकुरा विद्यमान कानूनले स्पष्ट गरेको बताए ।

हाउजिङलाई जग्गा किन्न दिने अनुमति सरकारले दिएको र उनीहरूले नम्बरी जग्गा किन्न पाउने बताए । साथै बनाउन दिने अधिकार पनि दिएको बताए ।