काठमाडाैँ । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. चन्द्रकान्त राउतले संघीय सरकारले विकास निर्माणका काम प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले यस्तो माग गरेका हुन्। स्थानीय स्तरका सडक, ढलानजस्ता विकास निर्माणको कार्य संघीय सरकारको नभएको उनले तर्क गरे ।
उनले विकास कार्यमा केन्द्र सरकारले समन्वय र सहकार्यको भूमिका मात्रै खेल्नुपर्ने बताए । अध्यक्ष राउतले ‘जनता आवास कार्यक्रम’ प्रति प्रश्न उठाउँदै यसले विपन्न वर्गलाई विस्थापित बनाएको आरोप लगाए ।
उनले सरकारले ल्याउने बजेटले जनताको वास्तविक समस्या सम्बोधन गर्नुपर्नेमा उनको जोड छ । नागरिकमैत्री सेवा उपलब्ध गराउन सिंहदरबारले नसक्ने कुरा व्यवहारतः पुष्टि भइसकेको समेत उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्