काठमाडौँ। बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक १३.९६ अंकले घटेर २६२०.२७ अंकमा झरेको हो ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये २ ओटा उपसमुहको सेयर बढेको छ भने बाँकी ११ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
आजको दिन नेप्सेमा राधी विद्युत् कम्पनी सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५९ करोड ३२ लाख ९५ हजार रुपैयाँ बढीको कारोबार भएको छ ।
आज ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। कम्पनीको सेयरमूल्य क्रमश ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
आज गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले घटेको छ ।
कुल ३१५ कम्पनीको एक करोड ८४ लाख ९६ हजार १३८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७३ करोड ६५ लाख ७० हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्