काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले विकास भनेको सडक, पुल र भवन बनाउने भन्ने परम्परा र सनातनी सोचबाट सरकार मुक्त हुन नसकेको आरोप लगाएकी छन् ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद कार्कीले १६ औं पञ्चवर्षीय योजना, नीति तथा कार्यक्रम र अर्थमन्त्रीले प्रस्तुत गरेको विनियोजन विधेयक सिद्धान्त र प्राथमिकतामा फरक भएको बताएकी हुन् ।
सरकारले विकासमा निजी क्षेत्रसँग सहकार्य गर्ने भन्ने उल्लेख गरेपनि निजी क्षेत्रलाई सौतेलो व्यवहार गरिरहेको उनको आरोप थियो । बजेटका प्राथमिकतामा वैदेशिक रोजगारीको निर्भरता घटाउने भनिरहँदा रुग्ण उद्योगको स्तरोन्नति र नयाँ उद्योग खोल्ने विषय प्राथमिकतामा नपरेकोमा उहाँले आपत्ति जनाइन् ।
उनले दक्ष जनशक्तिलाई स्वदेशमा नै बस्ने वातावरण बनाउन सरकारले प्राथमिकता नदिएको र दलित किशोरीहरूको सुरक्षाको सवालमा सरकार मौन बसेको आरोप लगाइन् ।
प्रतिक्रिया दिनुहोस्