काठमाडाैँ । नेपाली काँग्रेसका सांसद प्रकाशशरण महतले अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरू उपयुक्त दिशातर्फ उन्मुख रहेको बताउँदै कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद महतले अगामी आर्थिक वर्षको बजेटले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरुलाई समेटेर ठोस प्रस्तावहरू ल्याउन सक्नुपर्ने बताएका हुन् ।
उनले बढ्दो लोकप्रियतावादबाट माथि उठ्न जरुरी रहेको रहेको बताए । उनले दलका शिर्ष नेतृत्व नै लोकप्रियताका लागि प्रतिष्पर्धामा उत्रिँदा मुलुकमा अनावश्यक अपेक्षा सिर्जना गरेको बताए ।
उनले बजेट निर्माणका क्रममा उपलब्ध साधन स्रोतको प्रभावकारी उपयोग र प्राथमिकिकरणमा जोड दिनुपर्ने धारणा व्यक्त गरे । अब बजेटमार्फत घोषणा गर्नेमात्र नभई काम गर्न थाल्नुपर्नेमा सांसद महतको जोड छ ।
प्रतिक्रिया दिनुहोस्