काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूहरूको उद्देश्य नाफा कमाउने नभएको बताएका छन् ।
शुक्रवार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरू सरकारी अङ्क भएको बताउँदै नाफा प्राधिकरणको उद्देश्य नभएको बताएका हुन् ।
उनले नाफाको पछाडि लागेर लोडसेडिङ गर्नु हुँदैन भन्ने आफूहरूको मान्यता रहेको बताए । उनले पाएको खण्डमा नाफा लिने र नाफाकै लागि भन्दै विद्युत काट्ने काम नगर्ने बताए ।
उनले लोडसेडिङ गर्नहुँदैन भन्ने उद्देश्यका साथ उद्योगमा पनि लोडसेडिङ घटाएको दाबी गरे । उनले भारतबाट ल्याएर वा महँगोमा बिजुली किनेर भएपनि उद्योगधन्दामा भएको लोडसेडिङलाई घटाउने बताए। कार्यकारी निर्देशक शाक्यले भारतबाट बिजुली खरिद गर्न निर्देशन दिएको जानकारी गराउँदै घाटा लाग्छ भन्दैमा विद्युत् कटौती नहुने जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्