प्रधानमन्त्री ओलीसँग बंगलादेशकी समाज कल्याणमन्त्री मुर्सिदको शिष्टाचार भेट


काठमाडाैँ ।प्रधानमन्त्री केपी शर्मा ओलीसँग बंगलादेशकी समाज कल्याणमन्त्री शर्मीन सोनेया मुुर्सिदले आज शिष्टाचार भेट गरेकी छन् ।

नेपालले पहिलो पटक आयोजना गरेको सगरमाथा संवादमा बंगलादेशको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएकी मुर्सिदले प्रधानमन्त्री निवास, बालुुलाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेकी हुन् ।

भेटका अवसरमा दुुई देशबिच रहँदै आएको आपसी र मित्रवत सम्बन्ध र सहकार्यका विविध आयामबारे छलफल भएको थियो । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी थियाे।