मझौला उद्योग व्यवसायीहरूको ब्याज र हर्जाना छुट गरिदन सांसद तिमल्सेनाको आग्रह


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद देवप्रसाद तिमल्सेनाले मझौला उद्योग व्यवसायीहरूको ब्याज र हर्जाना छुट गरिदन सरकारसँग माग गरेका छन्। 

प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै उनले आगामी आर्थिक वर्षको बजेटमा सरकारसँग उनीहरुको ब्याज र हर्जाना छुट गरिदिन माग गरेका हुन् ।

उनले देशभरमा रहेका मझौला उद्योगहरू अहिले धेरै मारमा रहेको र सरकारले मिटरब्याज भन्दा पनि बढी हर्जाना तिराएको बताए । हर्जाना र ब्याज तिर्न नसक्दा अहिलेसम्म १७ जना मझौला उद्योग व्यवसायीहरूले आत्महत्या गरेको बताए ।

सांसद तिमल्सेनाले सरकारले हर्जाना र व्याज छुट गर्नसके धेरै राजश्व उठ्ने पनि बताए ।