काठमाडाैँ । नेपाली काँग्रेसका सांसद नारायणप्रकाश साउदले विकासको प्रतिफल सिमान्तकृत वर्गसम्म पुग्नेगरी बजेटको निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् ।
आइतवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले हरेक वर्ष बजेट आउने गरेको र यस वर्ष पनि बजेटको पूर्वसन्ध्यामा रहेको बताए ।
उनले नेपालमा असन्तुलित विकास र प्रभावशालीहरूले बजेटमा हाली मुहाली गर्ने कुरामा लामो समयदेखि विवाद हुँदै आएको भन्दै शहर र गाउँ, सुगम र दुर्गम, भूगोल र जनसंख्या तथा सशक्त आवाज भएका अभिजात्य वर्ग र आवाजबिहनीहरूको हितको अन्तरबिरोधलाई अनुभवी अर्थमन्त्रीले संयोजन र सम्बोधन कसरी गर्नुहुन्छ ? भन्दै प्रश्न गरे ।
सांसद साउदले विकासको सूचकाङ्कले गाउँ बस्ती पछाडि पारेको, दुर्गम बस्ती उजाड हुँदै गएको र देशका पछाडि परेका सुदूरपश्चिम र कर्णाली र मधेस प्रदेश विकासमा उपेक्षित हुँदै गएको कुरा विगतका बजेटहरूले देखाएको बताए ।
प्रतिक्रिया दिनुहोस्