काठमाडाैँ । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा समितिद्वारा गठित संसदीय उपसमितिले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन बुझाएको छ ।
आइतवार सिंहदरबारमा बसेको समिति बैठकमा छविलाल विश्वकर्माको संयोजकत्वमा गठित उपसमितिले समितिलाई विधेयकको प्रतिवेदन बुझाएको हो ।
उपसमितिको प्रतिवेदन बुझाउँदै संयोजक विश्वकर्माले १५ परिच्छेद र १६३ दफामा रहेको विधेयकमा उपसमितिले १०८ बुँदाको बनाएको जानकारी दिए ।
उनले प्रतिवेदनमा १०१ दफामा परिमार्जन गरिएको तथा १३ वटा नयाँ दफा थप गरिएको समेत बताए ।उनकाअनुसार उपसमितिले ४ दफा वटा दफा हटाएको तथा १३ दफा नयाँ रोखको छ । विधेयकका ६२ वटा दफा सरकारले प्रश्तावगरेअनुसार नै हुनेगरी सहमति भएको समेत उनले बताए ।
समितिको २०८१ चैत ८ गते बसेको बैठकले विश्वकर्माको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । उक्त विधेयककलाई सरकारले संसदको चालु अधिवेशनबाटै पास गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्