काठमाडौं । दक्षिणी भारतीय शहर हैदराबादको एक भवनमा आईत बार भएको भीषण आगलागीमा १७ जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन् ।
शहरको प्रतिष्ठित चारमिनार क्षेत्र नजिकै गुलजार हाउसमा रहेको आवासीय भवन भित्र बिहान आगलागी भएको थियो । आगो बिहान ६ बजेतिर लागेको थियो ।
बिहान सवा ६ बजेसम्ममा अग्निशमन विभाग घटनास्थलमा उपस्थित थियो । उनीहरूले भित्र फसेका मानिसहरूलाई बचाउने प्रयास गरे पनि आगोले सम्पूर्ण भवनलाई नै ध्वस्त पारेको थियो ।
प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानले सर्ट सर्किटका कारण आगलागी भएको हुनसक्ने देखाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगलागी घटनामा भएको ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै पीडितहरूलाई आर्थिक क्षतिपूर्तिको घोषणा गरेका छन् ।
भारतीय घरहरूमा आगलागी हुने सम्भावना सामान्यतया उच्च हुन्छ । किनभने मानिसहरूले सुरक्षा मापदण्डहरूलाई बेवास्ता गर्छन् र ज्वलनशील पदार्थ जथाभावी भण्डारण गर्छन् ।
प्रतिक्रिया दिनुहोस्