काठमाडौँ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको बैशाख २५ गते बसेको संचालक समितिको बैठकले दुई नयाँ संचालक नियुक्त गरेको छ।
बैठकले संस्थापक शेयरधनी एस.जी. अर्गनाइजेशन लिमिटेडको तर्फबाट रोशन पन्त र स्वतन्त्र संचालकको रूपमा अजय कुमार मिश्रलाई संचालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल देशभर १३ वटा शाखा कार्यालयमार्फत आफ्नो कारोबार विस्तार गरिरहेको छ।
समृद्धि फाइनान्सले ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग अनुभव प्रदान गर्ने उद्देश्यले आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस तथा क्यू.आर कोडजस्ता डिजिटल सेवाहरु समेत उपलब्ध गराउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्