काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी कानुनको उल्लंघन गरेको भन्दै ११ ब्रोकर र क्यापिटल कम्पनीलाई सचेत गराएको छ।
सेबोनले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०७६ को दफा १८ (१) को व्यवस्थाको पालना नगरेको भन्दै लिखित रूपमा सचेत गराएको हो।
सचेत गराइएका कम्पनीहरूमा ब्लुचिप सेक्युरिटिज, प्रोपर्टी विजार्ड, स्टक्स्कार्टस सेक्युरिटिज, सुमेरु सेक्युरिटिज, रोडशो सेक्युरिटिज, सगरमाथा सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज, म्याग्नेट सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट कम्पनी, एलिट मर्चेन्ट क्यापिटल, रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल र रिलायबल भेन्चर क्यापिटल रहेका छन्।
सेबोनका अनुसार सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ७क उपदफा (१) को खण्ड (क) बमोजिम ती कम्पनीहरूलाई सचेत गराइएको हो।
प्रतिक्रिया दिनुहोस्