काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयरबजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक १९.३० अंकले बढेर २६२८.३६ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये १२ ओटा उपसमुहमा हरियाली छाएको छ भने बाँकी एउटा समह रातो बनेको छ ।
सोमबार राधी विद्युत कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५९ करोड ७६ लाख बढिको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।
त्यस्तै आज विन नेपाल लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर नकरात्मक सर्किट लागेको छ ।
कुल ३२४ कम्पनीको १ करोड ६२ लाख ५ हजार ५ सय ५८ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३५ करोड ८८ लाख ५५ हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्