काठमाडौं । उद्योग वाणिज्य तथा आूर्तिमन्त्री दामोदर भण्डारीले आयोडिन नुनको मात्रा तोकिएको भन्दा बढी नभएको बताएका छन् ।
सोमबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र साल्ट ट्रेडिङ कर्पोरेशनको संयुक्त आयोजनामा आयोजित उपभोक्ता सुरक्षाबारे पत्रकारसँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै समस्या नभएको बताएका हुन् ।
उनले भने, ूनुन बिक्री गर्नु भन्दा पहिले त्यसको गुणस्तर र ल्याब परीक्षण गरेर मात्र बजार मा वितरण गर्ने भएकका ले यसमा कुनै समस्या छैन । आयोडिनको मात्र बढी हुँदा विभिन्न रोग आएको भन्ने हल्ला मात्र हो ।ू
साल्ट ट्रेडिङ लाई दिएको जिम्मेवारी निजी क्षेत्रलाई दिने भन्ने विषयमा कुनै पनि निर्णय नभएको बताए ।
उनले रैथाने बालीबाट उत्पादित बस्तुहरुको बजारीकरण गर्न साल्ट ट्रेडिङ कर्पोरेशन (एसटीसी)ले महत्वपूर्ण योगदान दिएको बताएका छन् ।
गत दशैंमा एसटीसीले चिनीको आपुर्ति राम्रो गराएर सम्भावित अभाव हुन नदिएको उनको भनाइ छ ।
‘आपुर्ति श्रृंखला व्यवस्थीत गर्न यो सँस्थासँग नजिक भएर काम गर्ने कुरामा कसरी सहजीकरण गर्न सकिन्छ भनेर यो छलफल गरिहेका छौं ।
सरकारको नीतिलाई कार्यान्वयन गर्ने महत्वपूर्ण व्यवसायिक संस्थाको रुपमा यसले काम गरिरहेको छ,’ उनले भने, ‘आपुर्ति श्रृंखलामा देखिएको विविध समस्या समाधान गर्न सहयोग गर्नेछौं ।’
प्रतिक्रिया दिनुहोस्