स्याङ्जाको पुतलीबजारमा अवैध उत्खनन्, डोजर र ट्याक्टर नियन्त्रणमा


काठमाडाैँ । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर ५ स्थित सुरौदी खोलाबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् र ओसार–पसार भइरहेको अवस्थामा प्रहरीले डोजर र ट्याक्टरसहित दुई सवारी साधन नियन्त्रणमा लिएको छ।

प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले जेठ ५ गते उक्त स्थानमा अनुगमन गरी ग.१ क.३९९७ नम्बरको डोजर र ग.१ त. ४६७७ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो।

प्रहरीले नियन्त्रणमा लिएका दुवै सवारी साधनलाई आवश्यक कारबाहीका लागि पुतलीबजार नगरपालिकाको कार्यालयमा बुझाइएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीका अनुसार नदीजन्य पदार्थको अवैध उत्खनन् वातावरण र संरचनामा गम्भीर असर पार्ने भएकाले नियमित अनुगमन र कारबाहीलाई कडाइका साथ अघि बढाइएको छ।