काठमाडौँ । काभ्रेमा उत्पादित हरियो धनियाँमा अत्यधिक मात्रामा विषादी भेटिएको कारण खान अयोग्य ठहरिएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार कालीमाटीस्थित ३०७ नम्बरको राजकुमार कुँवरको पसलमा बिक्रीका लागि राखिएको काभ्रेमा उत्पादित हरियो धनियाँमा अर्गानोफस्फेट नामक कीटनाशक विषादीको मात्रा ९९.३७९ प्रतिशत रहेकाले खान अयोग्य ठहरिएको हो ।
बजारमा कार्वामेट र अर्गानोफस्फेट समूहका विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी जाँच गर्दा रोकावट प्रतिशत ३५ भन्दा कम उपभोगयोग्य, ३५ देखि ४५ सम्म केही दिन राखेर खान मिल्ने र ४५ भन्दा बढी खान अयोग्य मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्