काठमाडौं । विकास हाइड्रो पावर कम्पनी लिमिटेडको आइपीओमा आजदेखि आवेदन खुला भएको छ । कम्पनीले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।
कम्पनीले गत वैशाख १५ गते नेपाल धितोपत्र बोर्डबाट १०० रुपैयाँ अंकित दरमा ४४ करोड ५४ लाख ५ सय ९६ रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको थियो । जसमध्ये १२ लाख ६३ हजार कित्ता सेयर पहिलो चरणमा आयोजना प्रभावित बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकको लागि निष्काशन गर्न लागेको हो ।
पहिलो चरणमा कम्पनीले अति प्रभावित क्षेत्र गोर्खा जिल्लाको धार्चे गाउँपालिकाको वडा न.४ र ५ मा स्थायी बसोवास गर्नेका लागि ३ लाख ६३ हजार ६४० कित्ता तथा प्रभावित क्षेत्र गोर्खा जिल्लाको धार्चे गाउँपालिका वडा न। १,२,३, ६ र ७ मा स्थायी बसोवास गर्ने स्थानियका लागि ५ लाख ४५ हजार ४६१ कित्ता र नेपाल सरकारको सम्वन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि ३ लाख ५४ हजार ५५० कित्ता आईपीओ जारी गरेको हो ।
उक्त आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन बन्द छिटोमा जेठ २० गते र ढिलोमा असार ४ गते हनेछ । वैदेशिक रोजगारीमा रहेका लागि भने आईपीओ निष्कासन बन्द जेठ २० गते हुनेछ ।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले आयोजना स्थल, नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु,प्रभु क्यापिटल, हिमालयन बैंक धार्चे शाखा र प्रभु बैंकको आरुघाट शाखाबाट आवेदन दिन सक्नेछन्।
यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्