हिमालयन लाइफको ३.२७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई जना संस्थापक सेयर धनीको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै दुई जना व्यक्तिको नाममा रहेको ३ लाख २७ हजार १०८.१८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकशित भएको ३५ दिनभित्र कम्पनीको कानून विभागमा लिखित आवेदन दिनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।