अर्थ मन्त्रालयमा गभर्नर सिफारिस समितिको बैठक सुरू


काठमाडौँ । अर्थ मन्त्रालयमा गभर्नर सिफारिस समितिको बैठक सुरू भएको छ । समितिका संयोजक रहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैठक बाेलाएका हुन्।

बैठकमा अर्थमन्त्रीसहित सदस्यद्वय महाप्रसाद अधिकारी र पोषराज पाण्डे सहभागी छन्। बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ।

समितिले सिफारिस गरेका नाममध्ये एक जनालाई मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गर्नेछ। समितिको बैठक लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् बैठक बोलाएका छन् ।