काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विद्युत प्राधिकरणले जारी गरेको श्वेतपत्र यथार्थपरक रहेको बताएका छन् ।
बुधवारको पूर्वाधार समितिको बैठकमा बोल्दै उर्जामन्त्री खड्काले हालको विद्युत प्राधिकरणको नाफा र घाटा के हो भन्ने सन्दर्भमा पूर्वएमडी गएपछि नयाँ एमडी आएपछि नभएको बताए ।
उनले भने ‘’हालको विद्युत प्राधिकरणको नाफा र घाटा के हो भन्ने सन्दर्भमा पूर्वएमडी गएपछि नयाँ एमडी आएपछि भएको होइन । पूर्वएमडी एमडी हुँदैमा बोर्ड निर्णय गरेका छौँ । उहाँले प्रस्ताव ल्याउँदै गर्दा हामीले प्रश्तावलाई प्रश्न राखेर यसको अडिट गर्ने भनेका हौँ । किनभने महालेखा एक थोक भन्छ, तपाईंको प्रतिवेदन अर्कोथोक भनिरहेको छ। यो तालमेल मिलेन । त्यतिबेला महालेखाको प्रतिवेदन बाहिर आइसकेको थिएन तर हामी कहाँ आइसकेको थियो । महालेखाको प्रतिवेदन घाटा देखाइरहेको छ । त्यसपछि अन्तर्राष्ट्रिय स्तरको त्यसको पूरा अडिट गर्ने निर्णय समितिले गरेको थियो ।”
उनले २६ वटा आयोजना ट्रान्समिसन लाइनका निर्माण गर्ने ठेकेदारहरुले पैसा माग्दा दिन नसकेको तर नाफ देखाउने काम भएकाले अन्तर्राष्ट्रिय स्तरको त्यसको पूरा अडिट गर्ने निर्णय समितिले गरेको बताए । अडिट भएअनुसार जस्ताको त्यस्तै बाहिर ल्याउने भन्द्या कार्यान्वयन गर्न कुलमानले नमानेको आरोप उर्जामन्त्री खड्काले लगाए ।
एमडी परिवर्तन हुने बित्तिकै श्वेतपत्र जारी गर्न लगाइएको जानकारी गराउँदै उर्जामन्त्री खड्काले प्राधिकरणका कमजोरीहरुको अझ बढी छानविन गर्नेगरी सरकार अघि बढेको बताए ।
”एक त नाफा घाटाको दुविधा छ । अर्कोतिर तीन सयमा बेच्ने, तपाईं छोटो समय बाँकी हुनुहुन्छ । पैसा प्राप्ति भएपछि यसको हिनामिना बढ्ने देखियो नि त । अर्कोतिर झुट हुने भयो त्यसो गर्न मिल्दैन । अडिट गरौँ अडिटले जे भन्छ त्यहीँ गरौँ । त्यसको निर्णय गरिसकेको छ । जस्ताको त्यस्तै बाहिर ल्याउनुपर्छ भन्दा निर्णय कार्यान्वयन गर्न मान्नु भएन ।” उर्जामन्त्री खड्काले भने ।
मन्त्री खड्काले दायित्व घटाएपछि पो नाफा र घाटा आउने उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्