पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा धेरै आर्थिक अनियमितता भएको छः सांसद केसी


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा धेरै आर्थिक अनियमितता भएको बताएका छन् ।

बुधवारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले विमानस्थल निर्माणमा सम्पूर्ण रुपमबाट भ्रष्टाचार भएको बताएका हुन् ।

उनले  महंगो ब्याजमा ल्याएको ऋण नेपाली जनताको थाप्लोमा बोकाएर चुपचाप बस्ने परम्परा स्थापित गर्न नहुने बताए । उनले निर्माणको जिम्मा देशसँग नभइ छिमेकी देशको ठेकेदार कम्पनीसँग सम्झौता भएकाले कोही रिसाउँछ भनेर प्रतिवेदनमा भ्रष्टाचारको कुरा लुकाउन नमिल्ने उल्लेख गरे ।

उनले ठेकेदार कम्पनीसँगको सम्झौतामा अनियमितता, आर्थिक घोटाला भएकोबारे स्थलगत अध्ययन गरेर दिएको निर्देशनअनुसार नै प्रतिवेदन आएको बताए। प्रतिवेदनलाई पूरक मतसहित अख्तियारमा पठाउने काम गर्नुपर्ने बताए ।